मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्द
बिहीबार, ०६ चैत २०७६, १८ : ०३
सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पनि चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले नेपाल सरकारको कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनबमोजिम चैत मसान्तसम्म क्याम्पसको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालय केन्द्रीय कार्यालयका अधिकृत दिनेश गौतमले आजदेखि लागू हुने गरी विश्वविद्यालयअन्तर्गतका क्याम्पसको पठनपाठन, परीक्षालगायतका कार्यक्रम बन्द गरिएको जानकारी दिए । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयका विभिन्न सङ्कायका केन्द्रीय क्याम्पसका साथै १० आङ्गिक क्याम्पस छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण