मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्द
बिहीबार, ०६ चैत २०७६, १८ : ०३
सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पनि चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले नेपाल सरकारको कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनबमोजिम चैत मसान्तसम्म क्याम्पसको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालय केन्द्रीय कार्यालयका अधिकृत दिनेश गौतमले आजदेखि लागू हुने गरी विश्वविद्यालयअन्तर्गतका क्याम्पसको पठनपाठन, परीक्षालगायतका कार्यक्रम बन्द गरिएको जानकारी दिए । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयका विभिन्न सङ्कायका केन्द्रीय क्याम्पसका साथै १० आङ्गिक क्याम्पस छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
-
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
-
गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने