आन्दोलनको उपलब्धि खतरामा पर्न थाल्यो: उपेन्द्र यादव
बिहीबार, ०६ चैत २०७६, २३ : ०५
लहान । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताउनुभएको छ । पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सिरहामा सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त भएको सङ्घीयता, समावेशीतालगायतका उपलब्धि खतरामा पर्न थालेको गुनासो गरे ।
उनले सङ्घीयता कार्यान्वयका लागि अहिलेको संविधानमा संशोधन आवश्यक रहेको उल्लेख गरे । संविधान संशोधनको सर्तसहित आफ्नो पार्टी सरकारमा गए पनि त्यो पूरा नभएपछि सरकार छाडेको दावी उनको थियो । भेलामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य र अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण