सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको सन्त्रास : १२ घण्टामा ९० हजारले छाडे काठमाडौँ

शुक्रबार, ०७ चैत २०७६, १० : २५
शुक्रबार, ०७ चैत २०७६

काठमाडौँ । सरकारले बुधबार कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएलगत्तै राजधानीबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । सरकारले एक महिनाको लािग स्कुल, कलेज बन्द गर्न निर्देशन दिएको हो ।

पछिल्लो समय विश्वभरी कोरोना भाइरसको सन्त्रास छ । एक महिना स्कुल, कलेज बन्द भएपछि अध्ययनका लागि काठमाडौँ बस्ने विद्यार्थीहरु धमाधम घर फर्किन लागेका छन् । त्यस्तै रोजगारीका क्रममा काठमाडौँ बस्ने अभिभावकहरु पनि कोरोना त्रासले छोराछोरीलाई लिएर गाँउ फर्किन लागेका हुन् ।

अचानक स्कुल, कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भिड बढेको छ । काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

बिहीबार मात्र (१२ घण्टा) मा काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या ९० हजार २०४ जना रहेको छ । १६ हजार ८२४ सवारी साधन काठमाडौँ उपत्यकाबाट बाहिरिएको थियो ।

यस्तै १३ हजार ४५२ सवारी साधनमा ५६ हजार ९२५ जना काठमाडौँ उपत्यका भित्रिएका छन् । बुधबार र बिहाीबार झण्डै १ लाख ५० हजारभन्दा बढि यात्रुले काठमाडौँ उपत्यका छाडेको एसएसपी ढकालले बताए । शुक्रबार (आज) अझ बढ्ने अनुमान गरिएको उनले बताए ।

ट्राफिक व्यवस्थापनमा कुनै समस्या नहुने एसएसपी ढकालको भनाइ छ । उनले भने, ‘बिहीबार अचानक यात्रुहरु बाहिरिनेको संख्या बढ्यो । बसपार्कदेखि नाकासम्म चनाखो छौं ।’ त्यस्तै एसएसपी ढकालले सिट संख्याभन्दा धेरै यात्रु नचढाउन र सवारी साधनको सरसफाइमा विशेष ध्यान दिन सवारीसाधन धनीलाई निर्देशन दिएको बताए ।

यात्रुहरु नागढुङ्गा, जगाती, फर्पिङ साँखु र मुड्खु नाकाबाट आफ्नो गाउँतिर गएका छन् ।

बिहीबार कुन नाकाबाट कति बाहिरिए, भित्रिए ? (सूचीसहित)

नागढुङ्गा नाका

बाहिरिने सवारी साधन – ३२४५

भित्रिने सवारी साधन – ३३०७

बाहिरिने यात्रु – २५२३६

भित्रिने यात्रु – १७६९०

भक्तपुर नाका

बाहिरिने सवारी साधन – १२६४५

भित्रिने सवारी साधन – ९३८६

बाहिरिने यात्रु – ५८८४०

भित्रिने यात्रु – ३४७३४

मुड्खु नाका

बाहिरिने सवारी साधन – १६५

भित्रिने सवारी साधन – १७७

बाहिरिने यात्रु – ८५८

भित्रिने यात्रु – ८०१

साँखु नाका

बाहिरिने सवारी साधन – ५४

भित्रिने सवारी साधन – ४८

बाहिरिने यात्रु – ६९९

भित्रिने यात्रु – ५६५

फर्पिङ नाका

बाहिरिने सवारी साधन – ७१५

भित्रिने सवारी साधन – ५३४

बाहिरिने यात्रु – ४५७१

भित्रिने यात्रु – ३१३५


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप