पाल्पामा कोरोना सचेतना, हात धुन सिकाउनेदेखि माइकिङसम्म
पाल्पा । पाल्पामा दुई वटा अस्पतालमा आइसोलेसन श्यया तथा तानसेनको सेन माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना हुने भएको छ । तानसेनमा रहेको सेन माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गर्ने तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिए ।
उनले जिल्लाका विभिन्न टोल विकास संस्था, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, परिचालित गरेर स्वस्थ रहन अभिप्रेरित गर्ने बताए । कोरोनाको भाइरस नेपालमा फैलिन नदिन आशङ्का लागेका बिरामीलाई तानसेनको लुम्बिनी मेडिकल कलेज तथा युनाइटेड मिसन अस्पतालमा आइसोलेसन श्यया रहेको उनले जानकारी दिए ।
रामपुर नगरपालिकाले पनि १० हजार मास्क वितरण, रामपुर अस्पतालमा पाँच वटा श्ययामा आइसोलेसन निर्माण, तथा अन्य जिल्लाबाट सवारी साधनमा रामपुर भित्रने यात्रुका लागि स्वास्थ्य जाँचका निम्ति सहायता कक्ष स्थापना गर्ने नगरप्रमुख रमणबहादुर थापाको भनाइ छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विभिन्न कार्यक्रम जिल्लाभरि भइरहेका छन् । दश स्थानीय तह रहेको पाल्पामा सबैजसो स्थानीय तहले फरकफरक सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सहायता कक्ष राखेर जाँच गरिने गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।
गाउँपालिकाले मास्क वितरण, पर्चा पम्पलेट वितरणसमेत गरेको छ । गाउँपालिका गाउँटोलमा कोरोनाबाट सङ्क्रमित नहुन तर सचेत रहन भन्दै माइकिङमार्फत आग्रह गरेको छ । रम्भा गाउँपालिकामा घरघरमै पुगेर स्वास्थ्यमूलक जानकारी गराइएको छ । सबै स्वास्थ्यसंस्थामा अभिमुखीकरण कार्यक्रम आयोजना गरी महिला स्वास्थ्य स्वयंसेविका, पोषण सहयोगी सहजकर्तालाई घरघरमा पुगेर नागरिकलाई सचेत रहन अनुरोध गर्ने, साबुनपानीले मिचिमिची हात धुन सिकाउने योजना अगाडि सारेको छ ।
एकसय १५ स्वयंसेवी परिचालन गरेर घरघरमा सचेतना बाँड्ने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । जिल्लाको पूर्वखोला गाउँपालिकाले गाउँका विकट क्षेत्रमा सबैभन्दा बढी चेतनाको विकास गर्न आवश्यकता ठानेर अभिमुखीकरण तथा हात धुने सीप सिकाउने कार्यलाई तीव्रता दिएको स्वास्थ्य शाखा संयोजक मोहन ढकालको भनाइ छ । बाक्लो मगर समुदायको बस्ती रहेको निस्दीमा टोलटोलमा कोरोनाको लक्षण, कोरोनाको सङ्क्रमणबाट बच्ने उपाय सिकाइएको गाउँपालिकाका उपाध्यक्ष रिता अर्यालले बताइन् ।
भारतसँग सिमाना जोडिएको क्षेत्रसँग नजिक र मानिसको ओहोरदोहोर बढी हुने क्षेत्र भएका कारण पाल्पामा बढी सुरक्षा संयमता अपनाएको स्थानीय तहले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण