वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण
काठमाडौं– विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएको भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोक्ने उद्देश्यले राजधानीमा वृद्धाश्रमहरुमा मास्क तथा हात धुने सामग्रीको वितरण सुरु गरेको छ ।
फाउण्डेशनले शुक्रबारबाट त्यस्तो अभियान सुरु गरेको हो । फाउण्डेशनकी कार्यसमिति सदस्य लीमा अधिकारीले शान्तिनगरस्थित निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृह र बुढानीलकण्ठ गोल्फुटारमा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका ५० जना वृद्धवृद्धालाई मास्क, स्यानिटाइजर तथा साबुन वितरण गर्नुका साथै हात धुने वैज्ञानिक तरिकाबारे जानकारी दिएको बताइन् ।
चीनको वुहान सहरबाट सुरु भएर विश्वभर फैलँदै गरेको उक्त रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएको र मृत्यु हुनेमा पनि वृद्धवृद्धा नै बढी रहेको तथ्याङ्क सार्वजनिक भइरहेकाले आफूहरुको ध्यान वृद्धाश्रममा गएको अधिकारीले उल्लेख गरिन् ।
आफ्नो स्वयंसेवक टोलीमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट मान्यताप्रप्त विशेषज्ञ स्वास्थ्यकर्मी पवित्रा सापकोटासमेत संलग्न रहेको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका अनुसार कोरोना संक्रमणको त्रास रहुञ्जेल सचेतनामुलक गतिविधि जारी राखिने छ । फाउण्डेशनले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै वृद्धाश्रममा सामग्री वितरण गर्ने योजना बनाएको छ ।
‘हामी सामग्रीसहित वृद्धाश्रम पुग्दा वृद्धवृद्धाहरु धेरै खुसी हुनुभयो’, अधिकारीले भनिन्, ‘अहिलेसम्म राज्य वा अरु निकायबाट कोही पनि नगएको गुनासो उहाँहरुले गर्नुभयो ।’ दिवंगत पूर्वअर्थमन्त्री एवं कम्युनिष्ट नेता भरतमोहन अधिकारीको नाममा स्थापित फाउण्डेशन सामाजिक कार्यमा सक्रिय छ । अर्थमन्त्री भएका बेला सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेका कारण अधिकारी वृद्धवृद्धामाझ लोकप्रिय थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण