सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबारे समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानी

शुक्रबार, ०७ चैत २०७६, १५ : १०
शुक्रबार, ०७ चैत २०७६

काठमाडौँ । नेपाल पत्रकार महासंघले कोरोनाभाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीबारे पत्रकार एवं सञ्चारमाध्यमका लागि सचेत गराएको छ ।

महासंघले कार्यस्थल (कार्यालय वा फिल्ड) जाँदा रोकथामका आधारभूत उपायहरु अनपाउन, सकेसम्म इमेलमार्फत रिपोर्ट फाइल गर्न र सञ्चारगृहलाई सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ ।

यस्तै, अत्यावश्यक बाहेकका भेटघाटहरु नगर्न, समय समयमा साबुन पानीले हात धुन, अनावश्यक रुपमा हातले आँखा, नाक, मुख नछुन पनि महासंघले अपिल गरेको छ ।

भेटघाटमा हात मिलाउने, अंकमाल गर्नेभन्दा पनि ‘नमस्कार’ गर्ने, सकेसम्म भिडभाग हुने स्थानमा नजान, श्रोतहरुसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइनमाध्यमको प्रयोग गर्न पनि महासंघले पत्रकारहरुलाई सचेत गराएको छ ।

महासंघले सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गर्ने सूचना र जानकारीलाई आधार मान्न पनि अपिल गरेको छ ।

‘आम मानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्यतथ्य सूचना सम्प्रेषण गर्दा उनीहरुको बुझाइ सुध्रिने र त्रास कम हुने वातावरण बन्छ, आधा अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ,’ महासंघले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसैले आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔँ, सामाजिक सञ्जालमार्फत पनि यस्ता सूचना प्रवाहित गरौँ । हामीले दिने सही सूचनाले धेरैतिरबाट आउने गलत सूचनाको प्रतिकार हुन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप