ईश्वरलाई गगनको अनुरोध : प्रमको सम्बोधनले नागरिकमा ठूलो अलमल देखियो, प्रष्ट पारिदिनुस्
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबाट नागरिक अलमलमा देखिए बताएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि अन्तराष्ट्रिय हवाइ स्थगतन र चैत १० गतेदेखि लामो दूरीको यातायात बन्दका साथै अत्यावश्यकबाहेकका सबै सेवा बन्दको घोषणा गरेका थिए ।
प्रधानमन्त्री ओलीद्वारा गरिएको उक्त घोषणा प्रष्ट नभएकाले नागरिक अलमलमा देखिएको उनको भनाइ छ । शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यूको हिजोको सम्बोधन पश्चात् के खुला रहने, के बन्द हुने, के गर्नहुने,के गर्न नहुने भन्नेमा नागरिक ठूलो अलमलमा रहेको देखियो ।’
यो विषय प्रष्ट पारिदिन कोरोना भाइस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई थापाको अनुरोध छ । उनले अगाडि लेखेका छन्, ‘माननीय उपप्रधानमन्त्रीज्यू नागरिकलाई यो कुरा प्रष्ट पार्न अनुरोध गर्दछु ।’ थापाले प्रत्येक दिन निश्चित समयमा सरकारको तर्फबाट एकैजनाले नागरिकलाई सुचना दिन माग दोहोर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
