बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
बिहीबार, ०७ साउन २०८३, १३ : ४०
सारांश
- बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसूरमा फरार मृगेन्द्रनाथ रिमाललाई प्रहरीले पक्राउ गरेको छ।
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको सिफलबाट रिमाललाई नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका रिमाललाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ।
काठमाडौं । बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसूरमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं महानगरपालिका वडा नं. ७ सिफल बस्ने मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको हो।
नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दीपक भट्ट समेत भएको मुद्दामा रिमाल फरार रहेका थिए। बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोग लागेका उनलाई सीआईबीको विशेष टोलीले सिफलबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका रिमाललाई आवश्यक कानूनी कारबाहीका लागि सोमबार काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा. ले बिहीबार जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण