ग्यास आपूर्ति अझै असहज
मागभन्दा बढी एलपी ग्यास ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ ।
ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
सङ्घका अनुसार एलपी ग्यास मागभन्दा बढी आयात भएको छ तर पसलमा ग्यास नपाउने समस्या समाधान नभएपछि दैनिक तथ्याङ्क माग गरिएको हो । उपभोक्ताले अनावश्यक रूपमा अत्यधिक ग्यास मौज्दात राखेको र एउटैले ५०औँ सिलिन्डर रिजर्भ गरेकाले सर्वसाधारणले ग्यास नपाएको सङ्घको बुझाइ छ । अनावश्यक भण्डारण रोक्न उपभोक्ताको विवरण राख्न लागिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
भारतबाट जति ग्यास आयात गरिए पनि बजारमा अभावै देखिएकाले अब कसले कति ग्यास लगेको छ त्यसको तथ्याङ्क राखिने भएको हो । अध्यक्ष भण्डारीले भन्नुभयो, विवरण सङ्कलनले ग्राहकको पहिचान हुने छ, जसले गर्दा दैनिक रूपमा दोहो¥याएर ग्यास लैजान पाउने छैन, अनावश्यक भण्डारण हुन पाउने छैन, बजारमा अभाव हुने छैन, सबैले ग्यास पाउने छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदल बैठक : संसदीय छानबिन समितिको ‘टीओआर’मा सहमति
-
बुटवल–बेलहिया सडक १२ वर्षसम्म अधुरै : नयाँ ठेक्काका लागि विभागमा पुग्यो फाइल
-
पल शाहले किन सार्वजनिक गरे प्रहरीसँग मुठभेडको तस्बिर ?
-
‘अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसहित बजेट आउँछ’
-
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
-
महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न