ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमामै ग्यास अभाव
ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । वीरगञ्जमा मनोज ग्यासको अभाव बढी देखिएको हो ।
वीरगञ्जको पानीट्याङ्कीस्थित डिलरमा उपभोक्ताको लाइन लागेको थियो । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि ग्यासको लाइनमा त्योभन्दा बढीको भीड लागेको थियो । दिउँसो २ बजेसम्म लाइनमा बस्दा पनि ग्यास नपाएर उपभोक्ता रित्तै फर्किएका थिए ।
उद्योगले ग्यासको मागअनुसार आपूर्ति नगरेका कारण अभाव देखिएको ग्यास विक्रेता महासंघ नेपालका उपाध्यक्ष गणेशमान श्रेष्ठले बताए । ग्यास नपाएको र उपभोग्य वस्तुको मूल्य बढी लिएको गुनासो आएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
बुधवारदेखि तरकारी, खाद्यान्नलगायत अत्यावश्यक सामानका पसलको अनुगमन गर्ने र कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण