कविता : हराएको डायरी
–नारायण पौडेल
त्यो डायरी,
जहाँ कोरिएका थिए आशाका अक्षरहरु
सँगै थिए पीडाका बेदना
अनि सपनाका किरणहरु ।
सम्झन्छु म आज त्यो डायरी,
जो मसँग साक्षात भएको भए
बुझ्ने थियो उसले उसको अभाबमा खड्केका यादहरु ।
अन्कन्टार जंगलमा कोरिएका सपनाका कथाहरुको यादमा,
प्रियसीको प्रेमको बहकावमा,संसार जित्ने अभिलाषमा
योजनाको दस्तावेजको रुपमा साथदिने डायरी आज हरायो कमरेड ।
हराएन यहाँ डायरी मात्रै,
डायरीसँगै हल्काराको सपना हरायो, जीवनै हरायो
अस्तित्वको लडाईमा हारेको फौजीझैं बनायो
सम्झनाका कुइनेटाले पलपल तड्पायो
आवरणभित्रको अनुभूति र अनुभबको अभिब्यक्ति, सुकको पातझैं बनायो ।
पिलोको पिपझैं जमेर रहेका मेरा विचार पोख्ने डायरी आज हरायो
संस्मरण र आक्रोस पोख्ने मेरो वृत हरायो,
मेरो आर्दशको कोट हरायो, खुद्रा चिन्तन हरायो
र अन्तमा मेरो परिचय मबाटै हरायो
किनकी मेरो मायालु डायरी हरायो कमरेड ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण