आजको मौसम कस्तो रहला ?
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीबार मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।
यसैगरी, हाल देशको पश्चिमि भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाले बिहीबार दिउँसो देशको पश्चिमि क्षेत्रलगायत मध्य र पूर्वी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा र आंशिक बदली हुने पूर्वानुमान गरेको छ ।
यसैगरी, पहाडी क्षेत्रका एक/दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
पूर्वानुमानका अनुसार बिहीबार राति देशको पश्चिमि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि हुने देखिन्छ।
भने, पश्चिमि भू–भागका थोरै स्थानहरुमा र पूर्वका एक/दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण