कोरोना प्रभावले ह्वात्तै घट्यो बिजुलीको माग
काठमाडौं : मुलुक लकडाउनमा गएपछि आर्थिक गतिविधि ठप्प छन्। यतिखेर विद्युत् माग ह्वात्तै घटेको छ। विद्युत् उत्पादन १३ सय मेगावाटभन्दा माथि छ भने खपत यति बेला ६२५ मेगावाटको हाराहारीमा छ। विद्युत् प्राधिकरणका निर्देशक प्रवल अधिकारीका अनुसार लकडाउनपछि विद्युत् प्रणालीमा उच्चतम माग (पिक डिमान्ड) ९०० मेगावाट छ।
त्यो पनि राति जम्माजम्मी २५ मिनेटका लागि मात्र हो। दिनभर सामान्यतः माग ६२५ मेगावाटको हाराहारीमा छ। देशभर रातिको माग जम्मा ४०० मेगावाट छ भने उपत्यकाको माग पनि निकै झरेको छ।
लकडाउनअघि काठमाडौं उपत्यकाको सामान्य माग दैनिक ४५० मेगावाट हुन्थ्यो। यो माग पनि आधा घण्टाका लागि मात्र हो। त्यसपछि रातमा उपत्यकाको माग जम्मा १४० मेगावाट रहेको अधिकारीले जानकारी दिए। लकडाउनको भोलिपल्ट बुधबारसम्म भारतबाट २७९ मेगावाट बिजुली आयात हुँदै आएको थियो।
‘आजदेखि भारतबाट पनि ५० मेगावाट (पिक आवरका लागि) आयात हुँदै छ, त्यो पनि जम्मा २५ मिनेटका लागि’, अधिकारीले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास थापाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण