रौतहटमा लकडाउनकै अवधिमा एक किशोरी बलात्कृत
रौतहट । लकडाउनको अवधिमै रौतहटमा एकजना किशोरी बलात्कृत भएकी छिन् । कटहरिया नगरपालिका वडा ७ बगहीगाँउस्थित एक जना १७ वर्षीय किशोरीलाई २८ वर्षीय भाग्यनारायण साहलले बलात्कार गरेको आरोप छ ।
साहले दुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई केही काम छ भनी आफनो घरमा बोलाएका थिए । घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी साहले दिउसै ढोका थुनेर बलात्कार गरेका थिए ।
बलात्कार गरेको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक संजालमा राखिदिने भन्दै साहले पटक पटक धम्की दिँदै आएका थिए । पीडितले घटनाबारे बाबु आमालाई बताएपछि घटना बाहिर आएको थियो ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले साहमाथि जबरजस्तीकरणी मुद्दा दर्ता भएको र भिडिओ बारे थप अनुसंधान भइरहेको बताए । पीडितको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण भइसकेको र आरोपी साहको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
बलात्कार गरेको घटनाबारे पीडितले आफ्ना बाबु आमालाई भने लगत्तै साह फरार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण