युएईमा फेरि २ जना नेपालीमा कोरोना संक्रमण भेटियो
शनिबार, १५ चैत २०७६, १२ : २०
युएईमा फेरि २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो।
सो मन्त्रालयले जनाएअनुसार हाल उनीहरूको अवस्था स्थिर छ र उपचार भइरहेको छ। यसअघि पनि यहाँ दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो। तर केही समयको उपचारपछि उनी निको भएका थिए ।
युएईमा हालसम्म ४ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
-
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण