सुनितालाई घरमै नागरिकता
पर्वत । जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् ।
चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहित कार्यालयका कर्मचारी, स्थानीय वडाध्यक्ष भरत जिसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण गरिएको हो ।
कार्यालयसम्म आएर सेवा लिन नसक्नेहरुलाई नागरिकता जस्तो महत्वपूर्ण कागजातबाट वञ्चित हुन नपरोस् भनेर घरमै ल्याएर वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार अपाङ्गताको प्रकृति हेर्दा अत्यन्तै दयनीय रहेकाले सदरमुकाममा बोलाने कुनै उपायसमेत नभएको बताए ।
नागरिकता पाएसँगै राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सहयोग प्राप्त गर्न सहज हुने प्रजिअ पौडेलको भनाइ छ । पीडित सुनिताका बाबु काला सुनारले पोलियो रोगका कारण छोरीको यस्तो अवस्था भएको बताउनुभयो । जुनसुकै अस्पतालमा लैजाँदा पनि निको हुन नसकेको बताउँदै उहाँले पूर्ण रुपमा अपाङ्गता हुँदा परिवार नै समस्यामा परेको बताए । खाना खुवाउने, सरसफाइ गरिदिन एक जना पूर्ण रुपमा खटिनुपर्दा परिवारको अन्य गुजारा चलाउन समस्या भएको सुनारले बताए ।
सुनिताका दुई दाजुको स्वास्थ्य अवस्था राम्रै छ । तेस्रो सन्तानको रुपमा जन्मिएकी उनी सुरुका आठ महिनासम्म ठीकठाकै भए पनि त्यसपछि स्वास्थ्य बिग्रिदै गएको र अपाङ्गताले थलिँदै गएको सुनारले बताए । नागरिकता बनेसँगै अब नियमित वडा कार्यालवाट भत्ता दिइने जलजला–६ का वडाध्यक्ष भरत जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
-
‘लिटिल मिस एन्जल’को उपाधि आर्याहीलाई
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण