सामाजिक परिचालकले बुझाए मन्त्रालयमा ज्ञापनपत्र : यस्तो छ माग
कपिलवस्तु - आफूहरुको व्यवस्थापनको माग राख्दै कपिलवस्तुका सामाजिक परिचालकहरुले बुधवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।
२ शुत्रीय माग
२०६६ सालदेखि राज्यको अति नै न्युन तलवमा स्थानीय तहको निर्देशनमा आफूहरुले पदीय दायित्व निर्वाह गर्दै आएको तर अहिले सम्म राज्यले उचित ब्यवस्थापन गर्न नसकेको भन्दै २ शुत्रीय माग राख्दै मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
कृष्ण गौतम, प्रदिप यादव, बाबुराम रायमाझीलगायतको टोलीले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल मार्फत मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
प्रजिअको आश्वासन
ज्ञापनपत्र बुझ्दै अर्यालले सामाजिक परिचालकको हक हितको बारेमा आफूले सहयोग पुर्याउने आश्वासन दिए ।
स्थानिय शासन तथा सामुदायीक विकास कार्यक्रम अन्र्तगत कपिलवस्तुका १० स्थानीय तहमा अहिले ९० जना सामाजिक परिचालक कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण