मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक परिचालकले बुझाए मन्त्रालयमा ज्ञापनपत्र : यस्तो छ माग

बिहीबार, १५ भदौ २०७४, ०९ : ४५
बिहीबार, १५ भदौ २०७४

कपिलवस्तु - आफूहरुको व्यवस्थापनको माग राख्दै कपिलवस्तुका सामाजिक परिचालकहरुले बुधवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।

२ शुत्रीय माग
२०६६ सालदेखि राज्यको अति नै न्युन तलवमा स्थानीय तहको निर्देशनमा आफूहरुले पदीय दायित्व निर्वाह गर्दै आएको तर अहिले सम्म राज्यले उचित ब्यवस्थापन गर्न नसकेको भन्दै २ शुत्रीय माग राख्दै मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

कृष्ण गौतम, प्रदिप यादव, बाबुराम रायमाझीलगायतको टोलीले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल मार्फत मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

प्रजिअको आश्वासन
ज्ञापनपत्र बुझ्दै अर्यालले सामाजिक परिचालकको हक हितको बारेमा आफूले सहयोग पुर्याउने आश्वासन दिए ।

स्थानिय शासन तथा सामुदायीक विकास कार्यक्रम अन्र्तगत कपिलवस्तुका १० स्थानीय तहमा अहिले ९० जना सामाजिक परिचालक कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप