सिद्धार्थ बैंकद्वारा सबै प्रदेश सरकारलाई १०-१० लाख सहयोग
सिद्धार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ ।
शनिबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बैंकका प्रदेश नं ५ का प्रमुख सुशील नेपालले रु १० लाखको चेक हस्तातरण गरेका हुन् । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्देश्यले बैंकले रकम हस्तानतरण गरेको जनाएको छ ।
बैंकले हस्तान्तरण गरेको चेक बुझ्ने क्रममा मुख्यमन्त्री पोखरेलले बैंकको प्रशंसा गर्दै देशमा परेको सङ्कटलाई सहयोग पु-याउनु महान् कार्य भएको बताए । उनले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले योजनाबद्धरूपमा काम गरिरहेकाले बैंक दिएको रकम पनि सही काममा सदुपयोग हुने भन्दै बैंकलाई धन्यवाद दिएका थिए ।
यसको साथै बैंकले प्रदेश १, प्रदेश २, बागमति, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारलाई पनि १०–१० लाख रुपैयाँ सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?