युवतीद्वारा आत्महत्या
बिहीबार, १५ भदौ २०७४, १३ : ५७
कपिलवस्तु –कपिलवस्तु नगरपालिका–१२ अकबरपुरमा २२ वर्षिया युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् ।
सोही ठाउँ निवासी कमलेश मल्लाहकी श्रीमती ममता मल्लले आफ्नै कोठाको सिलिङमा रहेको पंखामा नाइलन डोरीको पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब निरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।
निजका श्रीमान् घरबाहिर रहेको समयमा राति ११ वजे आत्महत्या गरेको अधिकारीले जानकारी दिए ।
घरका परिवारले उनलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।
यसैबीच आत्महत्याको कारण खुल्न नसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण