घर बस्दा मैले त यस्तो काम गरें नि
समृद्धी बस्ताकोटी
रानीबन, काठमाडौं
हुनत मलाई घर बाहिर गएर खेल्न मन पर्दैन । म बहिनीसंगै घरभित्रै छत र आगनमा खेल्छु । तर आज मेरो घर बाहिर सुनशान छ त्यसैले मलाई पनि खेल्न मन लागेको छैन ।
मलाई नरमाईलो मात्र लागेको छ । बहिनीसंग पनि खेल्न मन लागेन ।
तर मलाई मेरो मामुले १ हप्ता सम्म तिमीले के के गर्ने तालिका बनाउ भन्नुभयो । मैले तालिका बनाए । मामुले बाबालाई पनि तालिका बनाउन लगाउनु भयो, मामु आफूले पनि तालिका बनाउनु भयो ।

मेरो तालिकामा मामुले पनि यो यो काम गर भनेर थपिदिनु भयो । मेरो तालिकामा मैले खेल्ने, टि.भी. हेर्ने, नाच्ने, गाउने मात्र लेखेको थिए । तर मामुले प्रत्येक दिन एक एक वटा काम थपिदिनु भयो । जस्तै:-चित्र बनाउने, लुगा सिलाउने र टाँक हाल्न सिक्ने ,घर सफा गर्ने,भाडा मोल्ने आदि आदि ।

अनि तपाईहरुलाई थाहा छ ? मैले बारीमा घिउसिमी र फर्सीको बिउपनि रोपेको छु नी । त्यसलाई म संधै पानी हाल्छु । अहिले त्यसले टुसा हालेको छ। मलाई त्यसको खुब माया लाग्छ । बहिनीले कुल्ची दिन्छे कि भनेर डर पनि लाग्छ ।

कोरोनाको कारणले आज नेपाल बन्द भएको पनि कति धेरै दिन भएछ तर मलाई नरमाइलो लागेको छैन ।
लेख लेख्ने पनि यो एक दिनको काम नै थियो मेरो।
मलाई लेख लेख्न मेरो हजूरबुबा उमाकान्त रेग्मी र राधा पौडेल आमाले फोनवाट सघाउनु भयो |साथीहरु तपाईहरु पनि त्यसै गर्नुस है कति रमाईलो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण