कोरोना अस्पतालमा मृत्यु प्रकरण, चार दिनसम्म उठेन शव
बुटवल – बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन्। थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि पत्नी र आफन्तले शव नउठाएका हुन्।
रुघा–खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका आफ्ना पतिको उपचार नपाएरै मृत्यु भएको दाबी रीताकोे छ। ‘चार दिनअघि आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल जानुभएका मेरा पतिलाई अस्पालले उपचारै नगरेर मारेको हो, मलाई न्याय चाहियो, गल्ती गर्नेलाइ कारबाही हुनुप¥यो,’ रीताले भनिन्।
दाजु विमलले पनि भाइ बाबुरामको मृत्युको कारण अस्पतालले बताउनुपर्ने तथा दुई छोराको पढाइ खर्च र बुहारीलाई नोकरीको व्यवस्था गरिदिनुपर्ने बताए। ‘भाइ त अब फर्केर आउँदैन तर अस्पतालकै लापरबाहीले सहाराबिहीन भएकी बुुहारी र छोराहरुको त बिजोग हुनु भएन नि’, विमलले भने। यो समाचार आजको नागरिक दैनिकमा रेखा भुसालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण