इतिहासमा आज : भारतलाई घरेलु भूमीमा विश्वकपको उपाधि
सन् २०११ मा आजकै दिन भारतले घरेलु भूमिमा पहिलोपटक विश्वकप उपाधि जित्यो । समग्रमा भारतले जितेको यो दोस्रो एकदिवसीय विश्वकप उपाधि हो । भारतले सन् १९८३ मा कपिलदेवको नेतृत्वमा बेलायतको लर्डस् क्रिकेट मैदानमा वेस्टइन्डिजलाई हराएर पहिलो विश्वकप जितेको थियो । त्यस्तै, सन् २००७ मा पाकिस्तानलाई ५ रनले हराएर दक्षिण अफ्रिकाको जोहानेसवर्गमा पहिलो टी–२० विश्वकप जितेको थियो ।
यस्तो थियो २०११ फाइनल
मुम्बईको वाङखडे रंगशालामा महेन्द्रसिंह धोनीको नेतृत्वमा उत्रिएको भारतीय टोलीले ४३ हजार दर्शकसामु श्रीलंकालाई फाइनलमा ६ विकेटले हराएको थियो । सुरुवातमा ब्याटिङ गरेको श्रीलंकाले खेल जित्न २ सय ७४ रनको चुनौती दिएको थियो । श्रीलंकाबाट महेला जयवद्र्धनेले अविजित १ सय ३ रन बनाएका थिए । भारतले जवाफमा ४८ ओभर २ बलमा ४ विकेट गुमाउँदै २ सय ७७ रन बनायो । यसक्रममा गौतम गाम्भीरले १ सय २२ बलमा ९७ र कप्तान धोनीले ७९ बलमै अविजित ९१ रन बनाएका थिए । ८ चौका र २ छक्का प्रहार गरेका धोनी खेलको म्यान अफ दि म्याच समेत बने । भारतका महान् ब्याट्सम्यान सचिन तेन्दुलकरले जितेको यो एकमात्रै एकदिवसीय विश्वकप हो ।
अन्य घटनाक्रम
१९०२ – अमेरिकाको लस एन्जलसमा पहिलो मोशन पिक्चर थिएटर खुल्यो ।
१९८२ – अर्जेन्टिनाद्वारा दक्षिणी एटलान्टिक महासागरस्थित फकल्यान्ड टापुमा हमला ।
१९८४ – अन्तरिक्ष यात्री राकेश शर्मा मिशन सोयुज टी–११ अन्तर्गत अन्तरिक्ष पुग्ने पहिलो भारतीय बने ।
२००५ – भ्याटिकन सिटीको सर्वोच्च पद सम्हाल्ने धर्मगुरुमध्ये एक ‘पोप जाने दोस्रो’ को निधन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ
-
गण्डकी सरकारले फेर्यो अघिल्लो सरकारको पञ्चवर्षीय योजनको आधार पत्र
-
हाम्रो माग पूरा नभए बजेटमा पनि प्रतिरोध हुन्छ : रमेश लेखक
-
फेरि बढ्यो सेयर बजार, दुई दिनमा ७२ अंकको वृद्धि
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सभामुख रबर स्ट्याम्प बने : कांग्रेस महामन्त्री शर्मा