नेपालीहरुलाई स्वदेश फर्काउने अभियानः दूतावासलाई एनआरएनए र नेपाली समाज युएईको छुट्टाछुट्टै निवेदन
–विनोद श्रेष्ठ
युएई । नोभेल कोरोनाका कारण युएईमा समस्या परेका नेपालीहरुलाई स्वदेश फर्कन पहल गरिदिन नेपाल एशोसियसन (एनआरएनए) यूएई र नेपाली समाज युएईले नेपाली दूतावास अबुधावीलाई छुट्टाछुटै निवेदन दिएका छन्।
एनआरएनए यूएईका जनरल सेक्रेटरी नरेश सेन र नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकालले छुट्टाछुटै प्रेस विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएका छन् । उनीहरुले कोरोना भाइरस संक्रमणका कारण यूएईमा अलपत्र परेका स्वदेश जान चाहने नेपालीहरुको व्यवस्थापन गर्न दूतावासलाई आग्रह गरेका हुन्।
उनीहरुले छुट्टाछुटै विज्ञप्ती जारी गरी कोभिड–१९ का कारण धेरै नेपालीहरुले आफ्नो काम गुमाउनुपरेको, भिजिटमा रहेका नेपालीहरुलाई खान र बस्न समस्या परेको, हाल काम गरिरहेका कम्पनीहरुमा घट्दो तलबमा काम गर्नुपरेको र भिषा क्यान्सिल भई घर जान नपाउँदा अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउनका लागि दूतावासलाई आग्रह गरेका छन्।
नेपाली समाज युएईले पनि युएईमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउन नेपाली दूतावास अबुधावीसहित नेपाल सरकार प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय समेतलाई निवेदन गरेको छ। यसैबीच एनआरएनए यूएईले सर्वोच्च आदालतले सम्पूर्ण नेपालीको हितका लागि गरेको निर्णय (परिशिष्ट १)लाई स्वागत गर्दै आभार प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण