युएईमा एकैदिन ३०० जना नयाँ कोरोना भाइरस संक्रमित भेटिए
बुधबार, २६ चैत २०७६, १९ : ३२
युएईमा आज (बुधवार) ३०० जना नयाँ कोरोना भाईरस (कोभिड-१९) संक्रमित भेटिएका छन्।यो सँगै युएईमा संक्रमितको संख्या २६५९ पुगेको छ। यसैगरी आज थप ५३ जनासँगै २३९ जनाले स्वास्थ्यलाभ गरेका छन्। यसैगरी हालसम्म युएईमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
आज नेपालीको थप संक्रमित संख्या कति छ/छैन खुलाईएको छैन ।केही दिन अघि सम्म ११ जना नेपाली संक्रमित मध्येबाट २ जना निको भएको र अन्य ९ जना समान्य अवस्थामा उपचाररत रहेको नेपाली दूतावासले जनाएको छ।
यसैगरी कोरोनाबाट युएईमा एक जना नेपाली महिलाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीको रिपोर्टमा उल्लेख गरिएपनि नेपाली दूतावास अबुधावीले औपचारिक जानकारी नआएको बताउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण