मध्यपूर्व तथा खाडी मुलुकका नेपाली राजदूतद्वारा कोरोना कोषमा सहयोग गर्ने निर्णय
काठमाडौं । मध्यपूर्व तथा खाडी मुलुकका राजदूतहरुले नेपाल सरकार द्वारा स्थापित कोरना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।
खाडी मुलुक युएई,कतार,साउदी अरब,बहराइन,ओमन,कुवेत लगाएत पाकिस्तान,इजिप्ट र इजरायलका कार्यवाहक राजदुतहरुले नेपाल सरकारले प्रदान गरेको एक महिनाको सेवा सुविधा बापत पाउने रकम कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दिने निर्णय गरेका हुन्।
जस अनुसार युएईका लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकाल,शर्मिला पराजुली ढकाल ओमन,नारदनाथ भरद्वाज कतार,दुर्गा प्रसाद भण्डारी कुवेत,पदम सुन्दास बहराइन र साउदी अरबका लागि नेपाली राजदुत प्रो,डा महेन्द्र प्रसादसिंह राजपुत रहेका छन्।
यसैगरि पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल, डा अन्जना शाक्य इजरायल र इजिप्टका लागि नेपाली राजदुत झविन्द्र प्रसाद अर्याल रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण