महरालाई पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा
सोमबार, ०१ वैशाख २०७७, ०७ : ५२
पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ संसद सचिवालयले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ ।
बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट पाएको स्कार्पियो गाडी चढ्दै आएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।
उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको जानकारी समाचारमा उल्लेख छ ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए भने पछि सोही प्रकरणमा पक्राउ परेका थिए । पछि जिल्ला अदालत काठमाडौंले उनलाई निर्दोष ठहर गर्दै रिहा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण