भारतमा वैशाख २१ गतेसम्म लकडाउन लम्ब्याइयो
भारतमा वैशाख २१ गते (३ मे) सम्मका लागि लकडाउनको समय थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले सबैसँगको सल्लाह र सुझावका आधारमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।
मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले यसमा थप कठोरता लागू गरिने बताएका छन् । मोदीले वैशाख ८ (२० अप्रिल)सम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन लगातार गरिने बताएका छन् ।
वैशाख ८ पछि सशर्त केही छुट दिइने:
मोदीले यदि लकडाउन राम्रोसँग पालना गरिए वैशाख ८ पछि केही छुट दिइने पनि बताएका छन् ।
तर उनले यी छुट अत्यधिक शर्तसहित लागू गरिने बताएका छन् । यद्यपि, यदि कुनै पनि इलाकामा कोरोनाको संक्रमण देखिन्छ भने ती अनुमती पुनः फिर्ता लिइने उनले बताएका छन् । पछिल्लो २६ दिनमा मोदीको यो चौथो राष्ट्रको नाममा सम्बोधन हो ।
भारतमा गत चैत १२ देखि लकडाउन लागू गरिएको थियो । लकडाउनको आज अन्तिम दिन थियो । मोदीले भने, ‘जब यहाँ मात्र ५५० जना संक्रमित थिए, त्यतिबेला नै २१ दिनका लागि सम्पूर्ण लकडाउनको ठूलो कदम उठायौँ । भारतले समस्यालाई पर्खिएन बरु समस्या देखिने बित्तिकै चाँडो फैसला गरेर त्यसलाई त्यही समय रोक्ने प्रयास ग¥यो । ठूला–ठूला सामर्थ्यवान देशमा कोरोनाको आँकडाको तुलनामा भारतमा धेरै सम्हालिएको स्थिति छ ।’
मोदीले सामाजिक दुरी र लकडाउनले देशलाई ठूलो लाभ हासिल भइरहेको जिकिर गरे । ‘आर्थिक दृष्टिकोणबाट मात्र हेर्दा हामीले ठूलो मूल्य चुकाउनु परेको देखिन्छ तर भारतवासीको जीवनको अगाडि यसको कुनै तुलना हुन सक्दैन,’ उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण