आजको मौसम : चट्याङसहित असिना पानीको सम्भावना
बुधबार, ०३ वैशाख २०७७, १० : २५
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाले बुधबार बिहान देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्विमीका केही भू–भाग पू्र्ण बदली भई थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा भइरहेको र बाँकी भू–भागमा आंशिक बदली रहेको जानकारी दिएको छ ।
पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। भने देशको मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण