शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सनसिटी घटनापछि स्थानीय तह थप सक्रिय

शुक्रबार, ०५ वैशाख २०७७, ०७ : २९
शुक्रबार, ०५ वैशाख २०७७

काठमाडौं : उपत्यकाका स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन थप सजग हुँदै क्रियाशील हुन थालेका छन् । 

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा तीन दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन झन् प्रभावकारी बनाई थप सजग भएका हुन् ।

कतिपय स्थानीय तहले अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतिपयले बिहानको हिँड्डुल (मर्निङवाक) गर्न पूर्णतया रोक लगाएका छन् । 

त्यस्तै कतै दुई महिनादेखि विदेशबाट नगरपालिकाभित्र आएका व्यक्तिको खोजी गरी सबैको स्वास्थ्य परीक्षण गरी ¥यापिड डाइग्नोस्टिक टेस्ट गर्ने कार्य तीव्र बनाएका छन् । 

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पालिका स्तरका योजना थप प्रभावकारी बनाउन लागिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप