बीस उद्योगबाट स्यानिटाइजर उत्पादन
काठमाडौं : सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ ।
यसअघि भारतसँग निर्भर नेपालले गत फागुनदेखि भारतमा नै महामारीका कारण नेपालमा स्यानिटाइजर र माक्स भित्रिन छाडेपछि औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई उत्पादनको अनुमति दिन थालेको हो ।
विभागले गत फागुन महिनामै नेपालमा स्यानिटाइजर र माक्सको अभावका नाममा कालोबजारी सुरू भएपछि यी सामानको उत्पादनका लागि नेपाली औषधि उद्योगीलाई आब्हान गरेको थियो ।
विभागको सोही आब्हानपछि हाल सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडसहित अन्य निजी उद्योग गरी झण्डै २० वटाले स्यानिटाइजर उत्पादन गर्ने गरी अनुमति लिएर उत्पादन सुरू गरेको विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण