शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६४ करोड थान नयाँ नोट चीनमा छाप्ने छापिने

आइतबार, ०७ वैशाख २०७७, ०७ : ०८
आइतबार, ०७ वैशाख २०७७

काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ ।

राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ ।

बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेनि’सँग सम्झौता गरेको हो । 

बैकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियोे । नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्तारक्षरयुक्त कुल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउनेछ । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप