डा.शर्माले मोरङका गरिब, बिपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने

मोरङ– नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, बिपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएका छन् । नेता शर्माले सो क्षेत्रका बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचाका बिपन्न बिरामीहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउँने भएका हुन् ।
आफ्नो गाउँ र आफुले चुनावमा प्रतिस्पर्धा गरेको क्षेत्रका गरिब, बिपन्नहरुलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँन लागिएको डा.शर्माले जानकारी दिए । ‘पैसा नहुँने गरिब, बिपन्न र सुकुम्बासीहरुलाई सहज होस् भनेर निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको हो ।’ डा.शर्माले भने ‘स्थानीय प्रतिनिधिहरुको सिफासिरमा बिपन्नलाई निःशुल्क सेवा दिन्छौ ।’
बिपन्न बाहेक नोबेल अस्पतालमा उपचारका लागि आउँने सो क्षेत्रका अन्य बिरामीहरुले पनि एम्बुलेन्समा तोकिएको शुल्कमा ५० प्रतिसत छुट पाउँनेछन् । क्षेत्र नं.२ मा पर्ने रतुवामाई नगरबासीलाई पनि सेवा उपलब्ध गराईने छ । काँग्रेस महासमिति सदस्यसमेत रहेका नेता शर्माले गाउँ–गाउँमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएपछि सो क्षेत्रका बिरामीहरुलाई सहजता मिल्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको शान्ति स्तूप नजिक माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
-
दुई सचिव पद रिक्त, बढुवाको छैन सुरसार
-
अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक पर्दैन : सांसद सिंह
-
गैरआवासीय नेपाली सङ्घलाई प्रधानमन्त्रीको आग्रह : एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित हुनुस्
-
सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार
-
पूर्वडीआईजी जोशीको मुद्दा हेर्न नमिलेपछि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पनि ‘हेर्न नमिल्ने’