डा.शर्माले मोरङका गरिब, बिपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने
मोरङ– नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, बिपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएका छन् । नेता शर्माले सो क्षेत्रका बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचाका बिपन्न बिरामीहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउँने भएका हुन् ।
आफ्नो गाउँ र आफुले चुनावमा प्रतिस्पर्धा गरेको क्षेत्रका गरिब, बिपन्नहरुलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँन लागिएको डा.शर्माले जानकारी दिए । ‘पैसा नहुँने गरिब, बिपन्न र सुकुम्बासीहरुलाई सहज होस् भनेर निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको हो ।’ डा.शर्माले भने ‘स्थानीय प्रतिनिधिहरुको सिफासिरमा बिपन्नलाई निःशुल्क सेवा दिन्छौ ।’
बिपन्न बाहेक नोबेल अस्पतालमा उपचारका लागि आउँने सो क्षेत्रका अन्य बिरामीहरुले पनि एम्बुलेन्समा तोकिएको शुल्कमा ५० प्रतिसत छुट पाउँनेछन् । क्षेत्र नं.२ मा पर्ने रतुवामाई नगरबासीलाई पनि सेवा उपलब्ध गराईने छ । काँग्रेस महासमिति सदस्यसमेत रहेका नेता शर्माले गाउँ–गाउँमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएपछि सो क्षेत्रका बिरामीहरुलाई सहजता मिल्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण