मलाई स्वागत गर्न पत्र काटिएको थिएन, मन्त्रालय पुग्दा कुरा मिलिसकेको रहेछ : डा. पुन
काठमाडौँ । सरुवारोग विशेषज्ञ तथा टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले मिडिया र जनताको दबाबका कारण आफूमाथिको कारवाही रोकिएको बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘ममाथि कारबाहीको तयारी भएको थियो भन्ने त मन्त्रालयका अधिकारीहरूले यसअघि मिडियामा दिएका प्रतिक्रियाबाट पनि प्रस्ट हुन्छ नि । डाक्टर भएर किन जान्ने हुने ? चेतना फैलाउँछु भन्दै किन बोल्ने ? आवश्यक परे मन्त्रालयका प्रवक्ता बोल्छन् भनेर त मिडियामा उहाँहरूले बोल्नुभएकै हो नि । छापिएकै छ नि ।’
‘तर, यो महामारीका विषयमा विज्ञ डाक्टर नबोलेर को बोल्ने भन्ने मेरो अडान अहिले पनि छ । किनकि चेतना फैलायो भने संक्रमण रोकिन्छ, त्यसैले चेतना फैलाउनु त हाम्रो धर्म हो भन्ने मेरो भनाइ छ,’ उनले थप भनेका छन, ‘महामारीका वेला निरन्तर बिरामी जाँचिरहेको डाक्टरलाई स्वागत गर्न त पत्र अवश्य काटिएको थिएन । तयारी त कारबाहीकै थियो ।’
तर, आइतबार मन्त्रालयमा पुग्दा स्थिति फेरिएको बताउँदै उनले भने, असाध्यै राम्रोसँग कुराकानी भयो । म मन्त्रालयमा पुग्दा धेरै कुरा मिलिसकेको रहेछ । यसलाई कारबाही गर्छु भन्दै हिँडेका हुन् । तर, अहिले हामी सबै मिलेर जानुपर्छ भनेपछि मैले हुँदैन भन्ने कुरै भएन । मिलेर कोभिडविरुद्ध लडौँ, आपसमा नलडौँ त मैले नै भन्दै आएको छु । त्यसैले उहाँहरूको प्रस्तावलाई मैले सहर्ष स्वीकार गरेँ । तर, अब मिलेर अघि बढ्ने हो, कोरोनाविरुद्ध संगठित अभियानमा पहिलेजस्तै सक्रिय हुने हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण