मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नदीजन्य पदार्थको चोरी बढ्यो : ट्रयाक्टर मालिक पनि धन्दामा सक्रिय

आइतबार, १८ भदौ २०७४, ०८ : ४९
आइतबार, १८ भदौ २०७४

कपिलवस्तुमा जेष्ठ मसान्त यता नदीजन्य पदार्थको अबैध चोरी निकासी बढेको छ । जिल्ला समन्वय समितले जेष्ठ मसान्त यता नदिजन्य पदार्थको ठेक्का बन्द गरै संगै जिल्लाका विभिन्न खोला नालाबाट बालुवा , गिट्टी, मिस्कट र ढुङगा चोर्ने क्रम बढेको हो ।

रातोपाटी संवाददाताका अनुसार,
-अबैध चोरी निकासीमा सबैभन्दा बढी ट्याक्टर प्रयोग हुने गर्दछ ।

-विषेशगरी वाणगंगा, रामघाट, भलवाडको धिरी, सुरई र चिरई नदिहरुबाट नदिजन्य पदार्थको चोरी बढेको छ ।

-जिल्लामा दुई महिनाको अवधिमा नदीजन्य पदार्थ चोरी गर्दै गर्दा १६  ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

-चोरी निकासीमा स्वयं ट्याक्टरधनी पनि संलग्न हुने गर्दछन् ।

-असार महिनायता वाणगंगा क्षेत्रबाट मात्र ६ वटा ट्याक्टर नियन्त्रण गरिएको छ ।

-वडा प्रहरी कार्यालय चन्द्रौटाले सुरई नदिबाट ढुङ्गा चोरी गर्दै गरेका २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

-जिल्लाका इलाका प्रहरी कार्यालयहरुले विभिन्न स्थानबाट असार महिनायता ८ वटा ट्याक्टर नियन्त्रणमा लिएका छन् । 

-चोरी निकासी रातको समयमा बढि हुने गरेको स्थानिय बताउँन् ।

- यसै हप्ता पनि बाणगंगा खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ चोरी गर्दैगर्दा ईलाका बन कार्यालय पिपराले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । 

जरिवाना : जिससबाट मात्र असारदेखि भदौ १४ गते सम्म ११ वटा ट्याक्टर जरिवाना तिरी छुटेको राजश्व फाँट अधिकृत शान्तराज आचार्य जानकारी दिए ।
 
मालिक पनि प्रकाउ : नदीजन्य पदार्थ चोरी गर्दै गरेको अवस्थामा लु ३ त ६१११, लु ३ त २६४१, लु ३ त २६३७ नम्बरका ट्याक्टरसँगै सवारी मालिक पनि प्रकाउ परेका हुन ।
 
मुद्दा प्रक्रिया : उनीहरुलाई बन ऐन अनुसार मुद्दा प्रकृया अगाढी बढाइएको जिल्ला वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन मोहन शान्डील्याले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप