नदीजन्य पदार्थको चोरी बढ्यो : ट्रयाक्टर मालिक पनि धन्दामा सक्रिय
कपिलवस्तुमा जेष्ठ मसान्त यता नदीजन्य पदार्थको अबैध चोरी निकासी बढेको छ । जिल्ला समन्वय समितले जेष्ठ मसान्त यता नदिजन्य पदार्थको ठेक्का बन्द गरै संगै जिल्लाका विभिन्न खोला नालाबाट बालुवा , गिट्टी, मिस्कट र ढुङगा चोर्ने क्रम बढेको हो ।
रातोपाटी संवाददाताका अनुसार,
-अबैध चोरी निकासीमा सबैभन्दा बढी ट्याक्टर प्रयोग हुने गर्दछ ।
-विषेशगरी वाणगंगा, रामघाट, भलवाडको धिरी, सुरई र चिरई नदिहरुबाट नदिजन्य पदार्थको चोरी बढेको छ ।
-जिल्लामा दुई महिनाको अवधिमा नदीजन्य पदार्थ चोरी गर्दै गर्दा १६ ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
-चोरी निकासीमा स्वयं ट्याक्टरधनी पनि संलग्न हुने गर्दछन् ।
-असार महिनायता वाणगंगा क्षेत्रबाट मात्र ६ वटा ट्याक्टर नियन्त्रण गरिएको छ ।
-वडा प्रहरी कार्यालय चन्द्रौटाले सुरई नदिबाट ढुङ्गा चोरी गर्दै गरेका २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
-जिल्लाका इलाका प्रहरी कार्यालयहरुले विभिन्न स्थानबाट असार महिनायता ८ वटा ट्याक्टर नियन्त्रणमा लिएका छन् ।
-चोरी निकासी रातको समयमा बढि हुने गरेको स्थानिय बताउँन् ।
- यसै हप्ता पनि बाणगंगा खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ चोरी गर्दैगर्दा ईलाका बन कार्यालय पिपराले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जरिवाना : जिससबाट मात्र असारदेखि भदौ १४ गते सम्म ११ वटा ट्याक्टर जरिवाना तिरी छुटेको राजश्व फाँट अधिकृत शान्तराज आचार्य जानकारी दिए ।
मालिक पनि प्रकाउ : नदीजन्य पदार्थ चोरी गर्दै गरेको अवस्थामा लु ३ त ६१११, लु ३ त २६४१, लु ३ त २६३७ नम्बरका ट्याक्टरसँगै सवारी मालिक पनि प्रकाउ परेका हुन ।
मुद्दा प्रक्रिया : उनीहरुलाई बन ऐन अनुसार मुद्दा प्रकृया अगाढी बढाइएको जिल्ला वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन मोहन शान्डील्याले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण