अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले निकास दिनुपर्ने कोटेश्वर बैठकको निष्कर्ष
काठमाडौं । पार्टीभित्रको विवाद समाधान गर्न वरिष्ठ माधव कुमार नेपालको निवास कोटेश्वरमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको बैठकले यथाशीघ्र र व्यवस्थित ढंगले पार्टी कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।
नेता रघुजी पन्तले आफूहरुले व्यवस्थित र यथाशीघ्र बैठक बोलाउन राखेको प्रस्तावमा प्रधानमन्त्री केपी ओली पक्षधर नेताले बैठक बोलाउने तर समस्या समाधान गर्ने हिसावले मात्रै बोलाउने भनेको रातोपाटीलाई बताए ।

त्यस्तै दुवै पक्षबीच सचिवालयको बैठक मंगलबार बस्ने सहमति पनि भएको छ । सचिवालयको बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने पनि सहमति भएको छ । उक्त बैठकमा माधव नेपाल पक्षले सरकार र पार्टीका कामबारे विना पूर्वाग्रह समीक्षा गर्नुपर्ने र समस्याको निकास खोज्नुपर्ने धारणा राखेका थिए । त्यस्तै उनीहरुले त्यस्तो निकास पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले दिनुपर्नेमा नेताहरु एकमत बनेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्न दवाव परेको छ । तर नेता पन्तले पावर सेयरिङबारे कुनै छलफल नभएको प्रतिक्रिया दिए ।
बिहान बालुवाटारमा ओली र माधव नेपालबीचको छलफलपछि कोटेश्वरमा वार्ता भएको हो । यता सोमबारै दिउँसो अध्यक्ष प्रचण्ड र नेता झलनाथ खानलबीच खुमलटारमा भेटवार्ता भएको थियो । सो भेटवार्तामा कोटेश्वरमा भएको छलफल औचित्यहीन भएको नेता खनालले रातोपाटीलाई बताएका थिए ।

प्रचण्ड र खनालको सहभागिता नरहेको कोटेश्वरको बैठकमा ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रजुजी पन्त, भीम रावललगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

