शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा सुरक्षा गर्न म्यादी प्रहरी

बुधबार, १७ वैशाख २०७७, ०८ : ०८
बुधबार, १७ वैशाख २०७७

कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५०  म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकमध्येबाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिइने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए । नागरिक भारतबाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावना देखेर गाउँपालिकाले सीमा क्षेत्रमा यस्तो व्यवस्था गर्न लागेको अध्यक्ष थापाले बताए।

गाउँपालिकाले गरेको निर्णयले लकडाउनको प्रभावकारी कार्यान्वयन र शान्ति सुरक्षामा मद्दत पुग्ने इलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी निरीक्षक मधु नेपालले बताए ।  म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको मातहत राखिने गाउँपालिकाको योजना  छ । सरकारले लगाएको लकडाउन अवधिमा उनीहरुले काम गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप