शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विकास खर्च ५० प्रतिशत पनि नहुने

शुक्रबार, १९ वैशाख २०७७, ०७ : ५६
शुक्रबार, १९ वैशाख २०७७

विकास आयोजनाका गतिविधि तीव्र हुने समयमै यसपटक मुलुक बन्दाबन्दी (लकडाउन) मा परेपछि विकास (पुँजीगत) खर्च ५० प्रतिशत पनि नहुने देखिएको छ। नेपालमा विकास आयोजनाहरुमा काम हुने समय मंसिरदेखि जेठसम्म हो। 

सरकारले वैशाख १५ सम्म चालु आर्थिक वर्षको विकास बजेट २७.९ प्रतिशतमात्र खर्च गरेको छ। काम गर्ने समय डेढ महिनामात्र बाँकी रहेका बेला यो वर्ष विकास खर्च लक्ष्यको ५० प्रतिशत पनि नपुग्ने देखिएको हो। 

चालु आर्थिक वर्ष सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको थियो। वैशाख १५ सम्ममा एक खर्ब १० अर्ब रुपैयाँमात्र खर्च भएको छ। अघिल्ला वर्षहरुमा वैशाखसम्म आउँदा कम्तीमा लक्ष्यको ४० प्रतिशतभन्दा माथि नै खर्च हुने गरेको थियो।

विकास खर्च ५० प्रतिशत पुग्न पनि अबका बाँकी दिनमा औसतमा सवा अर्ब रुपैयाँका दरले खर्च गर्नुपर्ने हुन्छ। अहिले सरकारले दैनिक औसत खर्च ४० करोड रुपैयाँ छ।   

आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप