बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सामान ल्याएपछि तातोपानीमा विवाद

आइतबार, २१ वैशाख २०७७, ०७ : ०७
आइतबार, २१ वैशाख २०७७

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सामान आयात हुन थालेपछि विवाद बढेको छ । 

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद बढेको हो । 

बल्लतल्ल खुलेको नाकाबाट स्वास्थ्य र खाद्यान्न आयात गर्नुपर्ने पक्षमा भोटेकोसी गाउँपालिका रहेको छ । 

‘चीनको वुहानबाट कोरोना भाइरस फैलिएकाले यहाँका स्थानीय त्रसित छन्, ’ गाउँपालिका उपाध्यक्ष दाबुट्टी शेर्पाले भनिन्, ‘यस्तो बेलामा नाका सञ्चालन हुँदा कोरोना फैलिन्छ भन्ने त्रास हो । व्यापारिक प्रयोजनका लागि स्याउ र लसुन आयात गर्न यो बेला उचित छैन भन्ने स्थानीयको बुझाई छ।’

सुरुवाती छलफलमा स्वास्थ्य सामाग्री मात्र आयात गर्ने कुरा भए पनि अहिले स्याउ र लसुन आयात भएपछि विवाद बढेको उपाध्यक्ष शेर्पाले बताइन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप