ईरिक्साको हेडलाइट चोरेको विषयमा विवाद हुँदा आधा दर्जन बढी घाइते
जनकपुर । धनुषाको एक गाउँमा दुई पक्षबीच झडप हुदाँ आधा दर्जनभन्दा बढी घाइते भएका छन् । धनुषाको नगराईन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा दुई पक्षबीच झडप हुदाँ दुवै पक्षका आधा दर्जन घाइते भएका हुन् ।
महामारी कारोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको कारण घर छेउमै लगाई राखिएको रविन्द्र मण्डलको ई रिक्साको हेड लाइट एक सातापूर्व एक जनाले चोरेर लगेको थियो ।
सो चोरको बारेमा गाउँमै खोजतलास पश्चात हेडलाइट चारेको आरोप लगाएपछि दुई पक्षको विवादले उग्ररुप लिएपछि दुवै पक्ष वीच ढुंगामुडा र कुटाकुट भएको थियो । सो क्रममा सन्तोष दास, राजकिशोर दास र हरि किशोर दास र जयनारायण मण्डल, सन्तोष मण्डल, गोपाल मण्डल र रामनरेश मण्डल सहितकाहरु घाइते भएको थियो । घाइते भएकाहरुलाई नगराईन स्थित नीजि अस्पतालमा उपचार भइरहेको छ भने केहिको जनकपुरस्थित नीजि अस्पतालमा भर्ना छन् ।
ईरिक्सा धनी मण्डलले दलित यूवामाथि चोरेको आरोप लगाएपछि दुवै पक्ष वीच उग्रविवाद भई झडपको अवस्था सृजना भएको थियो । ईरिक्सा चालक मण्डलले चोरेको हेड लाइट फिर्ता दिएमा सन्तोष दासको मोवाइल फिर्ता दिने भन्दै लिएर हिड्न खोजेपछि भनाभन हुँदा झडप भएको थियो ।
झडप हुनुपूर्व प्रहरीको टोली घटनास्थलमा पुगेपनि प्रहरीले खासै वास्ता नगरेपछि झडपले उग्ररुप लिएको स्थानीयवासीको आरोप छ । यता प्रहरीले दुवै पक्षका झगडीयाहरुलाइ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा राखि थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रहरी नियन्त्रणमा रामनरेश मण्डल, गोपाल मण्डल, राहुल मण्डल, जयनारायण मण्डल लगायतलाई नियन्त्रण ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण