युएईमा रहेको नेपाली दूतावास अगाडि नेपालीले थाले धर्ना
युएई। वैदेशिक रोजगारीका लागि युएई आएका १८ नेपाली अलपत्र परेसँगै आफ्नो उचित व्यवस्थापनको मागसहित नेपाली दूतावास आबुधावीमा धर्ना थालेका छन्।
दूतावासबाट दुईसय किलोमिटर टाढा रहेका उनीहरू आ-आफ्नो सामान बोकेर अहिले नेपाली दूतावास आबुधावी पुगेका छन्।
केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्न युएईको शारहजास्थित ईमिरेट्स क्याव एलएलसी कम्पनीमा आएका यी नेपालीहरु कम्पनीको एग्रिमेन्ट अनुसार सेवा सुविधा नपाएका कारण गत चार महिना देखि अलपत्र परेको बताइएको छ।
नेपालबाट ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर युएई आएका उनीहरु धेरैले गरेको कामको पैसा समेत नपाएको बताउँदै आएका थिए। अहिले उनीहरूको भिसा समेत क्यान्सिल भएको छ।
कोरोनाको महामारी फैलिनु भन्दा अघि नै युएई आएका उनीहरूले युएईमा रहेको नेपाली दूतावासमा निवेदन दिए पनि उद्दार गर्न ढिलाई भएको गुनासो गरेका थिए ।
'तीन,चार महिना देखि खानबस्नको समस्या थियो। कहिले एनआरएनए युएई,कहिले सामाजिक संघसस्थाको सहयोगमा खाँदै बस्दै आएका थियाैं,' पीडित कलिम मियाँले भने, 'कोठाभाडा एक महिनाको १५ सय दिराम एनआरएनए युएईले तिरिदियो। अब खान पनि सकियो,कसरी बाँच्ने, उपाय केही नभएर दूतावास आयाैं। नेपाल जानेस्थिति नभएसम्म खान बस्नको उचित प्रबन्ध होस्।'
यता नेपाली दूतावास आबुधावीले पीडितहरूको सम्पूर्ण व्यवस्था गर्ने जनाएको छ। श्रमिक समस्यामा परेकोबारे जानकारी पाएपछि श्रम सहचारी मोतिराम भुसाल र श्रम काउन्सिलर निर्मला थापालाई उनीहरु बसेको क्याम्पमै पठाएर अवस्थाबारे जानकारी लिएको दूतावासले जनाएको छ ।
युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालकाले पीडितहरूको आवश्यकताअनुसार व्यवस्थापन गर्ने टेलिफोनमार्फत जानकारी दिए। उनले भने, 'दूतावासको पहलमा केही पीडितहरू नेपाल फर्किसकेका थिए। बाँकी नेपालको हवाइ मार्ग बन्द हुनाले फर्कन नपाएकोले समस्या आएको हो ।' उनीहरूलाई दूतावासको पहलमा एनआरएनए युएई मार्फत बस्न र खानाको व्यवस्था गरेको पनि बताए।
पीडितहरूको व्यवस्थापन गर्न युएईको उच्च निकायसँग समन्वय समेत गरेको राजदूत ढकालले रातोपाटीलाई जानकारी दिए। काममा जाउ भन्दापनि नजाने, खान बस्न व्यवस्था गर्दा पनि चित्त नबुझाएको भन्दै उनले भने- यस्तो विशम परिस्थितिमा दूतावासले अरू के गर्न सक्छ, यस्तो महामारीको अवस्थामा दूतावासमा आएर धर्ना बस्ने र होहोल्ला गर्नु राम्रो हैन।
यता एनआरएनए युएई अध्यक्ष प्रकाश कोइरालाले आफूहरूसँग कुनै समन्वय नै नगरी पीडितहरू दूतावास जानू उचित नभएको बताए। उनले भने-अहिलेसम्म एनआरएनए युएई मार्फत खानबस्नको व्यवस्था गरेका थियाैं। आवश्यकता अनुसार अझै गर्ने थियाैं। तर बेलैमा समन्धित निकायले उचित कदम चालेको भए यस्तो अवस्था आउने थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण