भारतबाट ट्युबमार्फत महाकाली नदी तरेर नेपाल फर्कने क्रम जारी
बैतडी – भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरे पनि महाकाली नदी ट्युबमार्फत तरेर नेपाल फर्कने क्रम जारी छ ।
भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु ट्युबमार्फत स्वदेश फर्किरहेका छन् । सीमा नाका बन्द हुँदा आफूहरुलाई समस्या परेकाले ट्युबमार्फत नेपाल आएका शिवनाथ गाउँपालिकाका जयसिंह साउँदले बताए । भारतमा अलपत्र परेपछि आफूहरु जोखिम मोलेर स्वदेश फर्किएको उनले बताए ।
सीमा नाका खुला नहुँदा जोखिम मोलेर नेपाल भित्रिनु परेको नागरिकहरुले बताएका छन् । भारतसँग सीमा जोडिएका विभिन्न ठाउँमा अझै पनि नेपालीहरु अलपत्र परेका छन् । कोरोना भाइरसका कारण रोजगारी खोसिएपछि आफूहरु अलपत्र परेको बाजुराको बुढीनन्दा नगरपालिका ९ का मनबहादुर बोहराले बताए । चार दिन कल्भर्टमुनि बसेको र पछि प्रहरीले पुरानै ठाउँ जान भनेपछि आफूहरु एउटा खाली घरमा भोकभोकै बसिरहेको उनले बताए ।
ट्यूवबाट महाकालि तरेर आएका ब्यक्तिहरुलाई सम्बन्धीत जिल्लामा पठाउने गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । यो समाचार आजको राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण