कोरोना कहरः रुसमा संकट गहिरिँदै
एजेन्सी । रुसमा कोरोना महामारीका कारण संकट गहिरिँदै गएको छ । लगातार ७ सातौं दिनसम्म १० औं हजारका दरले नयाँ संक्रमित फेला परेपछि रुसमा संकट गहिरिँदै गएको हो । पछिल्लो २४ घण्टामा रुसमा १० हजार ८ सय १७ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु भेटिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितहरुको संख्या झण्डै २ लाखको हाराहारीमा पुगेको छ ।
अहिलेसम्म रुसमा १ लाख ९८ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ सय ४ जनाको मृत्यु भएको छ । योसहित देशभर मृत्यु हुनेको संख्या १ हजार ८ सय २७ पुगेको छ । अघिल्लो आइतबारदेखि त्यहाँ लगातार दैनिक १० हजार संक्रमितहरु थपिरहेका छन् ।
कोरोना संक्रमितहरुको संख्याका आधारमा रुस पाँचौ नम्बरमा आइपुगेको छ । बिहीबार रुसले युरोपियन मुलुकहरु फ्रान्स र जर्मनीलाई पछाडि पार्दै बेलायतको हाराहारीमा पुग्न थालेको छ । संक्रमित व्यक्तिहरुको संख्याका आधारमा बेलायत चौथो स्थानमा रहेको छ भने अमेरिका, स्पेन र इटली क्रमसः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । बेलायतमा अहिले संक्रमितहरुको संख्या २ लाख १२ हजार ६ सय २९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण