कोरोना कहरः रुसमा संकट गहिरिँदै

एजेन्सी । रुसमा कोरोना महामारीका कारण संकट गहिरिँदै गएको छ । लगातार ७ सातौं दिनसम्म १० औं हजारका दरले नयाँ संक्रमित फेला परेपछि रुसमा संकट गहिरिँदै गएको हो । पछिल्लो २४ घण्टामा रुसमा १० हजार ८ सय १७ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु भेटिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितहरुको संख्या झण्डै २ लाखको हाराहारीमा पुगेको छ ।
अहिलेसम्म रुसमा १ लाख ९८ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ सय ४ जनाको मृत्यु भएको छ । योसहित देशभर मृत्यु हुनेको संख्या १ हजार ८ सय २७ पुगेको छ । अघिल्लो आइतबारदेखि त्यहाँ लगातार दैनिक १० हजार संक्रमितहरु थपिरहेका छन् ।
कोरोना संक्रमितहरुको संख्याका आधारमा रुस पाँचौ नम्बरमा आइपुगेको छ । बिहीबार रुसले युरोपियन मुलुकहरु फ्रान्स र जर्मनीलाई पछाडि पार्दै बेलायतको हाराहारीमा पुग्न थालेको छ । संक्रमित व्यक्तिहरुको संख्याका आधारमा बेलायत चौथो स्थानमा रहेको छ भने अमेरिका, स्पेन र इटली क्रमसः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । बेलायतमा अहिले संक्रमितहरुको संख्या २ लाख १२ हजार ६ सय २९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो