शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘भारतले नेपाली भूमि मिचेर सडक बनाउनुमा नेपाल सरकारको बढी दोष’

आइतबार, २८ वैशाख २०७७, ०७ : ०७
आइतबार, २८ वैशाख २०७७

काठमाडौं – भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकोमा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् । 

उनीहरुले नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी गरेका छन् । 

सीमा सुरक्षा सरकारको दायित्व भए पनि गम्भीर नदेखिएको उनीहरुले बताएका छन् । ‘यसमा नेपाल सरकारको बढी दोष छ । सरकारले काम रोक्न किन भनेन अहिलेसम्म ?’ 

उनीहरुको एउटै स्वर छ, ‘जनतामा राष्ट्रवादका नारा दिने र व्यवहार उल्टो गर्ने सरकारको चरित्र उदाँगो भएको छ ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक भारतले उद्घाटन गरेकोबारे सरकारसँग जवाफ मागे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप