‘भारतले नेपाली भूमि मिचेर सडक बनाउनुमा नेपाल सरकारको बढी दोष’
आइतबार, २८ वैशाख २०७७, ०७ : ०७
काठमाडौं – भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकोमा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् ।
उनीहरुले नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी गरेका छन् ।
सीमा सुरक्षा सरकारको दायित्व भए पनि गम्भीर नदेखिएको उनीहरुले बताएका छन् । ‘यसमा नेपाल सरकारको बढी दोष छ । सरकारले काम रोक्न किन भनेन अहिलेसम्म ?’
उनीहरुको एउटै स्वर छ, ‘जनतामा राष्ट्रवादका नारा दिने र व्यवहार उल्टो गर्ने सरकारको चरित्र उदाँगो भएको छ ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक भारतले उद्घाटन गरेकोबारे सरकारसँग जवाफ मागे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण