फेरि त्रासमा भुल्के बस्ती
दुई सातायता भुल्के बस्तीको नतिजामा सुधार आउन थालेपछि स्थानीय प्रशासनले केही दिनभित्रै सिल गरिएको क्षेत्रलाई क्रमशः सहज गर्दै जाने रणनीति तय गरेको थियो।
स्थानीय र प्रदेश सरकारको समन्वयमा गरिएको स्वाब परीक्षणका सबै रिपोर्ट नेगेटिभ आएपछि बस्ती पनि सामान्य बन्दै गएको थियो।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा उकुसमुकुस जीवन बिताइरहेका सर्वसाधारण पछिल्लो नतिजामा खुसी हुँदै क्रमशः सहज हुनेमा आशा गरेका थिए।
तर, उनीहरूको त्यो खुसीमा पुनः एक पटक ‘ब्रेक’ लागेको छ। शनिबार एकाबिहानै विभिन्न सञ्चारमाध्यममा पुनः तीन जना महिलामा कोरोना भाइरस देखापरेको समाचार सार्वजनिक भएपछि स्थानीय तहमा आएको त्यो खुसी हराएको हो। त्रियुगा नगर प्रमुख बलदेव चौधरीले सामान्य बन्दै गएको गाउँमा पुनः त्रास फैलिएको बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा भरत खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण