शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तामाकोसीमा चरम दोहन, नदीले धार नै बदल्न थाल्यो

सोमबार, २९ वैशाख २०७७, ०७ : २४
सोमबार, २९ वैशाख २०७७

दोलखा – लकडाउनमा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ। नदी भित्रै पसेर डोजरले जथाभावी बालुवा निकालेका कारण जिल्लाको नयाँपुल आसपासको झण्डै ४ किलोमिटर क्षेत्रमा तामाकोसी नदीले धार नै बदल्न थालेको हो। 

नदी भित्र डोजरको बितण्डाका कारण सत्तरी गोलाईदेखि मालुसम्मको क्षेत्रका कतिपय भागहरुमा नदीले स्वरुप बदलेर कुरुप देखिन थालेको छ। 

सरकारी नियमानुसार नदी भित्र डोजर लैजान पाइदैन। बालुवा निकाल्दा मापदण्ड पूरा गरेर बगर क्षेत्रबाट मात्र निकाल्नुपर्ने नियम छ। तर यो क्षेत्रमा प्रत्येक एक सय मिटरको दुरीमा डोजर नदी भित्रै पसेर बालुवा निकालिरहेको छ। यो समाचार आजको नागरिक दैनिकमा रमेश खतिवडाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप