मेलम्ची यसै वर्ष सकिने
शनिबार, ०३ जेठ २०७७, ०६ : ३८
काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत सो कुरा बताइएको हो ।
मेलम्चीसँगै याङ्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने दोस्रो चरणको आयोजना पनि सुरु गरिने भएको छ ।
९१ प्रतिशतबाट बढाएर ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी सुविधा पु¥याइने भएको छ । सात प्रदेशमा सञ्चालन आधारभूत खानेपानीका आयोजनालाई थप विस्तार गरिने भएको छ ।
ढल निर्माण, फोहोर प्रशोधन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने छ । गुणस्तरीय खानेपानीमा सबैको पहुँच हुनेगरी कार्यक्रम सञ्चालन गरिने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण