कोरोना संक्रमित जलाएपछि बन्द भयो विद्युतीय शवदाह गृह
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ ।
शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यन्त्रबाट हुने शवदाह सेवा बन्द गरिएको शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शवदाहमा संलग्न कर्मचारी तथा मजदुरले यहाँ काम गर्न मानिरहेका छैनन् । शवदाह गृहका लागि शवदाह गर्ने विशेष टोली नै खटाउनुपर्ने विषयमा कोषमा छलफल गरिएको छ ।
कोषाध्यक्ष थापाका अनुसार कोरोना भाइरसलाई लक्षित गरेर अर्थ मन्त्रालयले दुुई शवदाह यन्त्र थपका लागि १५ करोड २० लाख रुपियाँ बजेट निकासा गरेको छ । भाइरस सङ्क्रमणयुक्त शवदाह गर्दा अपनाउनुपर्ने पूर्वतयारी र यसका लागि आवश्यक रसायन उपकरण तथा शवदाहपछि शवदाह गृहलाई निर्मलीकरण गरिने प्रक्रिया कोषले थालेको छ । ‘‘निर्मलीकरण सकिएपछि मात्र यन्त्र चालु हुन्छ,’’ डा. थापा भन्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण