उपत्यकामा थप क्वारेन्टाइन जरुरी, कतिपय स्थानीय तहले निर्माण नै गरेका छैनन्
कोरोना भाइरस रोग ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नतिसमेत गर्नुपर्ने देखिएको छ ।
यसअघि नै कतिपय स्थानीय तहले क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि आवश्यक सङ्ख्यामा क्वारेन्टाइन बनाएका छैनन् । कुनै पनि समय उपत्यकामा कोरोना भाइरस रोगका सङ्क्रमित आकस्मिक रूपमा बढ्न सक्ने र ती व्यक्तिलाई राख्न क्वारेन्टाइन निर्माण अत्यावश्यक छ ।
उपत्यकाका नागरिकले सजगता अपनाएकाले काठमाडौँमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढ्न भने सकेको छैन । यद्यपि परीक्षणको दायरा फराकिलो पार्ने क्रमसँगै थप सङ्क्रमित देखिन सक्नेछन् ।
काठमाडौँ, ललितपुर र भक्तपुर सङ्कट व्यवस्थापन केन्द्र अर्थात् क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)का अनुसार अहिले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित नभएकाले त्यसको व्यवस्थापन अत्यावश्यक छ ।
जिल्ला समन्वय समिति काठमाडाँैका प्रमुख एवं सीएमसी काठमाडौँका सल्लाहकार शिवसुन्दर राजवैद्यले उपत्यकामा पालिकाले सीएमसीलाई जानकारी दिनका लागि मात्र निश्चित सङ्ख्यामा क्वारेन्टाइन निर्माण गरेको बताए ।
“काठमाडौँका ११ वटै स्थानीय तहसँग क्वारेन्टाइन निर्माण गर्ने ठाउँ छ तर क्वारेन्टाइन निर्माणको व्यवस्था गरिएको छैन”, उनले भने, “क्वारेन्टाइन भए पनि पूर्ण तयारी अवस्थामा भने छैनन् । ” कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा क्वारेन्टाइनलाई अग्रिम रूपमा व्यवस्थापन गर्न सकिएन भने उपत्यकामा पनि अवस्था भयावह हुन सक्नेप्रति वैद्यले चिन्ता व्यक्त गर्नुभयो । यस विषयलाई आफूले पटक पटक सीएमसीको बैठकमा उठाउने गरे पनि कार्यान्वयनमा नआएकाले अब गम्भीर बन्नुपर्ने अवस्था आएको उनले स्पष्ट गरे ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण