सङ्क्रमितको सङ्ख्या ३५ पुग्यो, झापा उच्च जोखिममा
झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए । बिहीबार बिहान १५ र दिउँसो आठ गरी २३ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।
अहिले झापामा कूल सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केका छन् ।
झापामा फेला परेका कूल सङ्क्रमितमध्ये ३३ जना भारतसँगको सीमावर्ति कचनकवल गाउँपालिकाका हुन् । यी सबै भारतबाट आएका हुन् । कचलनकवल मात्रै होइन, झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको छ । भारतबाट फर्कनेहरु बढेपछि अहिले कचनकवलसहित अधिकाँस स्थानीय तह सिल गर्न थालिएको छ । यसैबीच, भmापामा कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा नै स्वाब परीक्षणसहित कोभिड १९ अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार झापामा कोभिड अस्पताल निर्माण र जिल्लामै स्वाब परीक्षणको व्यवस्था मिलाउने प्रक्रिया थाल्न निर्देशन भएको जिल्ला कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण