हिन्दु–मुस्लिम ‘भाइ–भाइ’ भन्दै सलमान खानले ल्याए नयाँ गीत, भयो भाइरल
इदका अवसरमा सलमान खानले आफ्नो नयाँ गीत ‘भाइ भाइ’ युट्युबमा रिलिज गरेका छन् । सलमालनले यसमार्फत साम्प्रदायिक सौहार्द र भाइचाराको सन्देश दिएका छन् । साजिद–वाजिदले गीत कम्पोज गरेका छन् । सलमानले आवाज दिएका छन् ।
त्यस्तै, रुहान अरशदले -याप लेखेका छन् । सलमानले सोमबार मध्यराति सामाजिक सञ्जालमार्फत गीतको लिंक शेयर गर्दै लेखेका छन्, ‘मैले तपाइँहरु सबैका लागि केही बनाएको छु, हेरेर प्रतिक्रिया दिनुस् कस्तो लाग्छ । तपाइँहरु सबैलाई इँद मुबारक ।’
यस गीतलाई अहिलेसम्म युट्युबमा १ करोड ३१ लाखभन्दा धेरैपटक हेरिसकिएको छ । सलमानले यस गीतबाट दर्शकको प्रतिक्रिया पनि राम्रो पाएका छन् । केही प्रयोगकर्ताले सलमान वास्तविक इन्टरनेटर रहेको भन्दै प्रशंशा गरेका छन् । केहीले उनले सही विषय गीतमार्फत उठाएको बताएका छन् ।
सलमानले १८ अप्रिलमा आफ्नो युट्युब च्यानल बनाएका थिए । त्यसयता उनले यस च्यानलबाट तीनवटा गीत ‘प्यारा करोना’, ‘तेरे बिन’ र अहिले ‘भाइ भाइ’ रिलिज गरिसकेका छन् । पछिल्लो एक महिनामा उनको च्यानलमा सब्सक्राइबर्स संख्या १८ लाख नाघिसकेको छ । त्यस्तै, कुल भ्युअर्स ५ करोड ५० लाख नाघिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
-
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण